२६ फाल्गुन २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार

रवि लामिछानेलाई आफू निर्दोष हो भनेर प्रमाणित गर्ने मौका छ : ठाकुर गैरे

७ असाेज, काठमाडौँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुर गैरेले रवि लामिछानेलाई आफू निर्दोष प्रमाणीकरण गर्ने मौका भएको बताएका छन्। संसदीय छानबिन समितिले गरेको सिफारिस अनुसार अनुसन्धानलाई सहयोग गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई उनले आग्रह गरे।

सोमवार तानसेनमा आयोजित प्रेस चौतारी नेपाल पाल्पाको बैठकमा बोल्दै नेपालको संविधान र कानुनभन्दा माथि कोही नभएको उनले बताए। यो विषयमा राजनीति गर्नुपर्ने अवस्था छैन।

कानुनको दायरामा आउनुपर्छ, उनले भने, ‘रवि लामिछाने दोषी भए कारबाही हुन्छ। निर्दोष भए सफाइ पाउँछन्।’ सहकारी पीडितलाई न्याय र उनीहरूको रकम फिर्ता हुने वातावरण सिर्जना गर्नुपर्नेमा उनले जोड दिए।

वैदेशिक भ्रमणमा रहेका प्रधानमन्त्रीलाई त्यहाँ गरिएको व्यवहारले प्रधानमन्त्रीको मात्रै नभएर सिंगो देशकै अपमान भएको उनले बताए। नेपाली युवालाई अनुशासन र मर्यादामा आफ्ना मुद्दा  उठाउन अनुरोध गरे। विधि र पद्धतिमा रहेर खबरदारी गर्न उनले अपिल गरे।

दुर्गा प्रसाईं व्यक्तिगत मुद्दामा पक्राउ परेका हुन्। सरकारले कुनै पूर्वाग्रह साँधेर पक्राउ नगरेको स्पष्ट पारे। मुलुकको समृद्धि र नेपालीलाई सुखी बनाउने सरकारको अभियानलाई सहयोग गर्नुपर्ने गैरेले बताए।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि