२६ फाल्गुन २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार

संविधान संशोधनलाई कांग्रेस–एमालेले सत्तामा उक्लने भर्‍याङ बनाए : प्रचण्ड

७ असाेज, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमालेले माओवादीलाई सरकारबाट हटाउन र आफू सत्तामा उक्लनका लागि संविधान संशोधन भन्ने एजेण्डालाई भर्‍याङ बनाएको आरोप लगाएका छन्।

सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले माओवादी केन्द्र नेतृत्वको सरकारलाई हटाउनैपर्ने निष्कर्षमा पुगेपछि कांग्रेस–एमालेले संविधान संशोधनको कथा बुनेको आरोप लगाएका हुन्। प्रचण्डले कांग्रेस–एमालेले संविधान संशोधनको एजेण्डा कहिल्यै नलिएको दावी गरे।

‘नेकपा एमाले अहिलेको प्रधानमन्त्रीको पार्टी या नेपाली कांग्रेसले पनि संविधान संशोधन गर्नुपर्‍यो भनेर छलफल गरेको थिएन‚ होइन। उहाँहरुलाई सरकार चाहिएको थियो‚’ उनले भने, ‘माओवादी नेतृत्वको सरकारलाई कुनै पनि तरिकाले हटाउनैपर्ने भयो भन्ने निष्कर्षमा उहाँहरु पुग्नुभएको हो र त्यतिवेला उहाँहरुले कथा बनाउनु भयो संविधान संशोधन। संविधान संशोधन एजेण्डा होइन, उहाँहरुको एजेण्डा अर्कै हो।’

अध्यक्ष प्रचण्डले त्यसपछि दुवै दलले संविधान संशोधन गरेर मुलुकमा राजनीतिक स्थिरता कायम गर्नुपर्छ भनेर कहीँ कतै सुनिएको थियो भनी प्रश्न पनि गरेका थिए। कांग्रेस–एमालेले सरकार चाहिएपछि संविधान संशोधनको कथा हाल्न पुगेको प्रचण्डको भनाई थियो।

मुलुकको परिस्थिति जटिल स्थितिमा रहेको उल्लेख गर्दै उनले त्यसमा ठूला दलहरु गम्भीर बन्नुपर्ने बताए। उनले कांग्रेस–एमालेले विस्तृत शान्ति सम्झौता वर्तमान संविधानको अंग हो भन्ने कुराको मर्मलाई आत्मसात नगरेको आरोप पनि लगाए।

‘परिस्थिति निकै जटिल छ‚ सहज छैन। यो संविधान शान्ति सम्झौताको अंग पनि हो। विस्तृत शान्ति सम्झौतालाई संविधानको अंग मानिएको छ‚’ उनले भने, ‘मेरो अब्जेक्शन कहाँ छ भने अहिले दुई ठूला राजनीतिक दलहरुले त्यसको मर्मअनुसार अगाडि बढ्नु भएको छैन। उहाँहरुको एजेण्डा संविधान संशोधन थिएन २/४ दिन अगाडिसम्म। उहाँहरुले कहिल्यै यो संविधानको समीक्षा गर्नुपर्‍यो, संविधानले गर्दा राजनीतिक स्थिरता भएन भन्ने गर्नुभएको थिएन।’

उनले संविधान राम्रोसँग कार्यान्वयन हुन नपाउँदै यसलाई असफल भयो भन्ने छुट कसैलाई पनि नभएको बताए।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि