१० माघ २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै विरोध प्रदर्शन

७ असाेज, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहाको लागि माग गर्दै राष्ट्रिय नागरिक श्रमिक महासंघले विरोध प्रदर्शन गरेको छ ।

सोमबार माइतीघर मण्डलमा महासंघले प्रसाईंलाई रिहा गर्न माग गर्दै प्रदर्शन गरेको हो ।

प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोले आइतबार पक्राउ गरेको थियो ।

जिल्ला अदालत काठमाडौंले उनलाई तीन दिन हिरासतमा राख्न आइतबार नै प्रहरीलाई अनुमति दिएको थियो । आइतबार उनकै निवासबाट साइबर ब्युरोको टोलीले पक्राउ गरेको थियो ।

सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको र व्यक्तिको चरित्र हत्या गरेको भन्दै उनीमाथि उजुरी परेको थियो भने गत बुधबार प्रसाईंसहित तीन जनाविरूद्ध काठमाडौं जिल्ला अदालते पक्राउ पुर्जी जारी गरेको थियो ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि