१० माघ २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

धनुषाको प्रहरी हिरासतबाट आठ थुनुवा फरार

७ असाेज,  काठमाडौँ । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट आठ थुनुवा फरार भएका छन् । आइतबार राति भेन्टिलेशन तोडेर आठ थुनुवा भागेको प्रहरी स्रोतले जनाएको छ ।

हिरासतबाट भागेका नौ जनामध्ये एक जनालाई भने नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फरार थुनुवाहरू लागुऔषध तथा अभद्र व्यवहारअन्तर्गत थुनामा रहेका थिए।

फरार हुनेमा लागुऔषध मुद्दाका अमितकुमार झा, रंजित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया र अभद्र व्यवहारमा पक्राउ परेका मनिष मण्डल र बिक्की कार्कीका साथै एक जना नाबालक छन् ।

फरारहरूको खोजीका लागि रातिदेखि नै प्रहरी विभिन्न ठाउँमा सर्च अभियान चलाएको छ । सीमा क्षेत्रमा समेत निगरानी बढाइएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि