५ फाल्गुन २०८२, मंगलवार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा विजयी

६ असाेज, काठमाडौँ ।  श्रीलंकामा शनिबार भएको राष्ट्रपतीयता चुनावबाट वामपन्थी उम्मेदवार अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । सन् २०१९ को चुनावमा तीन प्रतिशत मात्र मत ल्याएर तेश्रो भएका अनुराले शनिवार बिहान बिहान ७ बाट दिउँसो ४ बजेसम्मको चुनावमा भने विजेता भएका छन् ।

४४ प्रतिशत बढी मत ल्याएका उनका विपक्षी वर्तमान राष्ट्रपति रनिल विक्रमासिङे र अर्का उम्मेदवार साजिथ प्रेमदशाले क्रमशः १७ र ३३ प्रतिशत मत ल्याएका छन् । अनुराको सोमबार सपथ हुने भएको अलजजिराले उल्लेख गरेको छ ।

उनको दल जनमुक्ति मोर्चा (जेभेपी) नेतृत्वको गठबन्धन सरकार बन्ने भएको छ । बीबीसी लगायतका विश्व मिडियाले कुनै उम्मेदवार को ५० प्रतिशत मत नकटेकोले चुनाव ऐतिहासिक रूपमा दोस्रो चरणमा जाने उल्लेख गरेका थिए ।

तर, अलजजिरा र अरु मिडियाले हालसालै सार्वजनिक गरेको समाचारमा मतदाताको आफूले मत दिएपछिको दोस्रो रोजाईमा सबैभन्दा धेरै परेका उम्मेदवार पनि अनुरा भएपछि विजय घोषणा गरिएको बताइएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि