१० माघ २०८२, शनिबार
अन्तर्राष्ट्रिय समाचार समाज

डिमेन्सियाका बिरामी थपिँदै जादा स्वास्थ्य क्षेत्रमा चुनौती बढ्दै

५ असाेज,  काठमाडौँ । नेपालका ६० वर्षमाथिको ७ प्रतिशत जनसङ्ख्या डिमेन्सियाबाट प्रभावित भएको एक सर्वेक्षणले देखाएको छ । मानसिक स्वास्थ्य सर्वेक्षण–२०२२ अनुसार ६० वर्षभन्दा माथिका ७ प्रतिशत जनसङ्ख्यामा कुनै न कुनै प्रकारको डिमेन्सियाबाट प्रभावित रहेको देखिएको थियो ।

आर्थिक वर्ष २०७९र८० मा नेपालमा १५ हजारको सङ्ख्यामा डिमेन्सिया भएका बिरामी थपिए । नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक हीराकुमारी निरौलाले सरकारले अल्जाइमर तथा डिमेन्सिया रोगलाई सम्बोधन गर्न प्रमुख नीतिगत सम्बोधन गरिसकेको जानकारी दिनुभयो । उहाँले हाल विश्वभर पाँच करोड व्यक्ति डिमेन्सियाबाट पीडित रहेको जानकारी दिँदै बर्सेनि एक करोडको हाराहारीमा डिमेन्सिया भएका बिरामी थप हुने बताउनुभयो ।

उहाँले डिमेन्सिया तथा अल्जाइमर रोग बढ्दो उमेरसँगै आउने मस्तिष्क रोग भएकाले यसबारे जनचेतना जगाउन सके रोगलाई कम गर्न सकिने बताउनुभयो । उहाँले सामाजिक सुरक्षा कार्यक्रममातहत विपन्न नागरिकलाई अल्जाइमर रोगका लागि एक लाखसम्म उपचार सुविधा प्रदान गरिँदै आएको जानकारी दिनुभयो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि