१० माघ २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

५ असाेज,  काठमाडौँ ।  भरतपुर महानगर वडा नम्बर २  नारायणगढको लिलाचोकमा  मोटर साइकल   अनियन्त्रित  भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

शहिदचोकवाट पोखरा वसपार्क जाने क्रममा शनिवार बिहान  भएको सो दुर्घटनामा परी मृत्यु  हुनेमा  पूर्वी नवलपरासी  गैँडाकोटका ३६ वर्षीय रबिन थापा र लमजुङ दूध पोखरी गाउँ पालिका वडा नम्बर ६ का ४० वर्षीय पूर्ण बहादुर गुरुङ रहेका  जिल्ला प्रहरी कार्यालय चितवनका  प्रहरी नायव उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार  बा।प्र।०६(००२ प ३१४५ नम्बरको एन एस मोटर साइकल आफै अनियन्त्रित भई दुर्घटना हुन पुगेको हो । मोटर साइकल चालक थापा र उहाँ सँगै सवार गुरुङको  चितवन मेडिकल कलेजमा उपचार हुँदै गर्दा मृत्यु भएको हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि