१० माघ २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

माग पूरा नभए पुनः प्रदर्शन गर्ने चेतावनीसहित ‘दलितलाई खै ?’ आन्दोलन स्थगित

४ असोज, काठमाडौँ । विभेदविरुद्ध दलितका लागि दलित अभियानको ‘दलितलाई खै ?’ आन्दोलन स्थगित भएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै अभियानका संयोजक खगेन्द्र सुनारले नेल खोलेर ‘दलितलाई खै ?’ भन्ने प्रश्न सहितको पहिलो चरणको नेल प्रदर्शन गरेको ४५ दिन पूरा भएकाले प्रदर्शन स्थगन भएको प्रशासनलाई जानकारी दिए ।

संयोजक सुनारले ४५ दिनदेखि माइतीघर मण्डलामा शरीरमा नेल लगाएर ‘दलितलाई खै ?’ भन्दै प्रदर्शन गर्दै आएका थिए । पछिल्लो पटक मन्त्रिपरिषद् गठन असमावेशी भएको, डेढ दर्जन राजदूत नियुक्ति गर्दा समेत समावेशी व्यवस्थालाई बेवास्ता गरिएको, जातीय भेदभाव र छुवाछुतको निर्मूल पार्नका लागि सरकारले प्रभावकारी कानुन, नीति कार्यक्रम र बजेटको समेत प्रबन्ध नगरेको भन्दै युवाहरूले विभिन्न प्ले-कार्डसहित र्‍याली निकालेर दलितलाई खै ? भन्दै प्रदर्शन गर्दै आएका थिए ।

संयोजक सुनारले दलितको माग पूरा नभए फेरि ६ महिनापछि पुनः प्रदर्शन गर्ने चेतावनी दिएका छन् । उनले ६ महिना पछाडि वार कि पार हुने गरी तयारीका साथ काठमाडौँ आउने बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि