८ माघ २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार समाज

राजनीतिक अपराधिकरण बढ्न थाल्यो : मन्त्री गुरुङ

४ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले अहिले राजनीति अपराधिकरण र फोहोरी खेल बढेर गएको बताएका छन् ।
संविधान दिवसको उपलक्ष्यमा आयोजित सांस्कृतिक पुरस्कार २०८१ कार्यक्रममा बोल्दै उनले, राजनीति आफैंमा फोहोरी खेल नभएको तर राजनीतिलाई गलत रुपमा प्रयोग गर्ने गरिएको बताए । उनले राजनीतिमा अपराधिक क्रियाकलापको अन्त्य हुनुपर्नेका जोड दिए ।

उनले भने,‘राजनीति चाँही अहिले फोहोरी हुँदै गएको छ । पहिला पनि राजनीति भनेको चाहीं फोहोर खेल हो भनेर शिक्षकहरुले विद्यार्थीहरुलाई सिकाइरहेको पाइन्थ्यो । त्यो गलत कुरा थियो । राजनीति फोहोरी खेल होइन् । तर राजनीतिमा जुन किसिमको अपराधिक क्रियाकलाप र अपराध राजनीतिकरण भइरहेको छ त्यो अन्त्य हुनुपर्छ ।’

उनले संविधानको आयु लामो बनाउने हो भने परिवर्तनको र संशोधनका गुञ्जायस खोज्नुपर्ने धारणा राखे । अहिलेसम्म धेरै पटक संशोधन गरेकैले संविधानहरु जीवित रहेको बताउँदै समयअनुकुल परवर्तन गरेमात्र संविधानलाई जीवित राख्न सकिने बताए । धेरै पटक संशोधन गरेको संविधानहरु नै जीवित रहेको उनको भनाइ छ ।

उनले भने,‘संविधानको आयु लामो बनाउने हो भने परिवर्तनको गुञ्जायस खोजिराख्नुपर्छ । संशोधनको गुञ्जायस खोजिराख्नुपर्छ । धेरै पटक संशोधन गरेको संविधानहरु नै जीवित छन् अहिलेसम्म । ०४६ सालमा बनेको संविधान ७२ सालमा किन भत्कियो भन्दा समयअनुकुल परवर्तन गर्दा नै हो ।’
उनले आज देशका समस्या कहाँ छ भनेर पहिचान गर्न आवश्यक रहेको भएतापनि समस्याको पहिचानमा नै अन्यौलता रहेको बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि