१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार समाचार

प्रस्तावित प्रधानन्यायाधीश राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान

४ असाेज, काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउत र दुई देशका प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ ।

समितिको सचिवालयले आज एक सूचना जारी गर्दै संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस राउत, अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादव र बेल्जियमका लागि सेवा लम्सालविरुद्ध कुनै उजुरी भए १० दिनभित्र पेस गर्न भनेको हो ।

हिजो ९बिहीबार०बसेको बैठकमा समिति सभापति ईश्वरीदेवी न्यौपानेले सरकारी सञ्चार माध्यम र विद्युतीय सञ्चार माध्यममार्फत उजुरी आह्वान गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्ताव पारित भएसँगै समिति सचिवालयले आज सूचना प्रकाशित गरेको हो ।

संवैधानिक परिषद्ले भदौ ३१ गते प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको थियो । यता परराष्ट्र सचिव लम्साललाई मन्त्रिपरिषद्को साउन ३१ गते बसेको बैठकले बेल्जियमका लागि राजदूतमा सिफारिस गरेको थियो ।

यस्तै, भदौ २४ को मन्त्रिपरिषद् बैठकले यादवलाई अष्ट्रेलियाका लागि राजदूतमा सिफारिसको निर्णय गरेको थियो । यादव काँग्रेसकी नेता तथा पूर्वउपसभामुख हुन् भने लम्साल परराष्ट्र मन्त्रालयकी सचिव हुन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि