१० माघ २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

एक करोड बढी मूल्यको अवैध कपडा सहित दुई भारतीय पक्राउ

३ असोज, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाबाट भन्सार छली ल्याएको एक करोड बढी मूल्यको अवैध लत्ताकपडा सहित भारतीय नागरिक पक्राउ परेका छन् ।

मकवानपुर प्रहरीले बुधवार १५ नम्बर वडाको रातोमाटेबाट अवैध कपडा नियन्त्रणमा लिएको थियो । रातोमाटे भारतीय सीमावर्ती बजार रक्सौलसँग जोडिएको बीरगञ्जबाट हेटौँडा प्रवेश गर्ने प्रमुख नाका हो । पूर्व-पश्चिम राजमार्ग हुँदै सुनसरीबाट हेटौँडादेखि काठमाडौँसम्म लैजान खोजिएको अवैध लत्ताकपडा बरामद गरी दुई जनालाई नियन्त्रणमा लिइएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार डब्लूबी ४९ एन २१७८ नम्बरको भारतीय ट्रकमा ल्याइएको कपडा एक करोड ३५ लाख रुपैयाँ मूल्य बराबरको रहेको छ। प्रहरीले ट्रक चालक भारतको बिहार प्रदेशको मोतिहारी जिल्ला पूर्वी चम्पारण सपही बस्ने ३० वर्षीय जन्दार आलम र सहचालक बिहार, पूर्वी चम्पारण चौलाहा कलोनी बस्ने १९ वर्षीय मुना मियालाई पक्राउ गरेको हो ।

ट्रकभित्र प्रहरीले झुक्याउन आलुको बोरा राखिएको थियो । ट्रकमा ३ सय ४५ बोरा आलुको भन्सार बिल बनाएर प्रतिबोरा ५० किलोको दरले २ सय ६४ बोरा आलु राखिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि