१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार समाचार

घुस लिने–दिने दुवैलाई कैद सजाय

३ असोज, काठमाडौँ । घुस लिने–दिने दुवै भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । बाँकेको सब डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्धे र उनलाई घुस दिने मकरध्वज पाण्डे भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका हुन् ।

विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू र रामबहादुर थापाको इजलासले बुधबार यससम्बन्धि मुद्दामा फैसला गर्दै पार्धे र पाण्डेलाई जनही सात हजार रुपैयाँ जरिवाना र एक महिना कैद सजाय सुनाएको हो ।

पार्धेविरुद्ध गत २९ फागुनमा र पाण्डेविरुद्ध यही १६ असारमा मुद्दा दर्ता भएको थियो । पार्धेले काठ चिरानको सिफारिस गरिदिन भनी सेवाग्राहीसँग घुस–रिसवत मागिरहेको सूचना आयोगको बुटवलस्थित कार्यालयमा परेको थियो।

त्यहाँबाट खटिएको टोलीले पार्धेलाई सात हजार रुपैयाँसहित पक्राउ गरेको थियो। पछि अख्तियारमा उजुरी दिने पाण्डेले अदालतमा भने बयान फेरेका थिए। सोही कारण घुस दिने पनि दोषी ठहर भएका हुन् ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि