१० माघ २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

चाडपर्व लक्षित ७४ स्थानमा सुपथ मूल्यका पसल संचालनमा

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आज(विहीबार)देखि देशभरी नै चाडवर्पलाई लक्षित गरेर सुपथ मूल्यका पसलहरु सञ्चालन गरिएको जानकारी दिएका छन् ।

बिहीबार नेपाल खाद्य व्यापार कम्पनीको थापाथलीमा २०८१ सालको चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनको औपचारिक समुद्घाटन समारोहमा बोल्दै उनले आम नागरिकहरुले अनुभूति गर्नेगरी सरकारले चाडवर्पलाई लक्षित गरेर  देशभरी झण्डै ७४ स्थानमा सुपथ मूल्यका पसलहरु सञ्चालनमा ल्याएको जानकारी दिएका हुन् ।

उनले भने,‘नेपाल खाद्य व्यापार कम्पनीको थापाथली केन्द्रबाट आजबाट हामीले देशभरी झण्डै ७४ स्थानमा सुपथ मूल्यका पसलहरु सञ्चालन गरिरहेका छौं । अत्यावश्यक खाद्यन्नमा न्यूनतम पाँच रुपैयाँ र त्यो भन्दा अझ बढि गरेर सुपथ मूल्यका पसलहरु आजबाट देशभरी सञ्चालनमा आउनेछ । सरकारको तर्फबाट प्रदान गरिएको एउटा सहुलियत आम आधाभूत तहका नागरिकहरुले अनुभूत गर्ने गरी सरकारले चाडवर्पलाई लक्षित गरेर सञ्चालन गरेको हो ।’

मन्त्री भण्डारीले संविधान कार्यान्वयनको चरणमा जति चाँडो जान सक्यो त्यति चाँडो जनतालाई शुसानको अनुभूति दिन सकिने बताए । संविधानलाई पूर्ण कार्यान्वयन गर्ने कुरामा कतिपय जटिलताहरु आज पनि अगाडि रहेको भन्दै ति जटिलताहरुलाई हटाएर कार्यान्वयनको चरणमा पुर्याउनु सरकारको दायित्व रहेको बताए ।

उनले भने,‘हामीले अझैपनि संविधानलाई त्यसको कार्यान्वयनको चरणमा जति चाँडो जान सक्यो त्यति चाँडो सुशासनको अनुभूति दिन सक्छौं । हाम्रो आजको आधारभूत आवश्यकतालाई सम्बोधन गरेको देखिन्छ । त्यसैले अझैपनि संविधानलाई पूर्ण कार्यान्वयन गर्ने कुरामा यसका कतिपय जटिलताहरु आज पनि हाम्रा अगाडि छन् । ति जटिलताहरुलाई हामीले हटाउनुपर्ने छ । मुलत यसका मौलिक प्रवन्धलाई कार्यान्वयनको चरणमा पु¥याउनु पर्ने सरकारको दायित्व हो ।’

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि