२५ फाल्गुन २०८२, सोमबार
मुख्‍य समाचार राजनीति समाचार

‘संविधान बहसको वर्ष बनाऔँ’

२ असोज, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता तथा राष्ट्रियसभा सदस्य डा बेदुराम भुसालले आगामी वर्षलाई संविधानमाथि बहसको वर्ष बनाइनुपर्ने बताएका छन् ।

बुधबार महिला नेतृत्व विकास राष्ट्रिय प्रतिष्ठानले काठमाडौँमा आयोजना गरेको ‘संविधानप्रदत्त महिला अधिकार कार्यान्वयनको अवस्था’ विषयक अन्तरक्रियामा बोल्दै उहाँले संविधानका विषयमा विभिन्न क्षेत्रबाट बहस भइरहेको र संविधान बनेको नौ वर्ष पूरा भएर दश वर्ष लागेकाले दशौँ वर्षलाई संविधानमाथि बहसको वर्ष बनाइनुपर्ने बताएका हुन् ।

कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्यायले संविधानले प्रष्ट पारेको प्रतिनिधित्वको विषयलाई सुनिश्चित गर्न निर्वाचन कानुन संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । “संविधानमा प्रतिनिधित्वको कुरा छ, तर निर्वाचन कानुनलाई संशोधन नगर्दा कार्यान्वयन देखिएन, निर्वाचन कानुन संशोधन गरेर महिलाको प्रतिनिधित्व बढाइनुपर्छ,” उनले भने ।

एमालेले समानता समावेशीता घट्ने गरेर कुनै कदम नचाल्ने र चाल्न नदिने एमाले नेतृ पद्मा अर्यालले बताए । उनले भने, “समावेशी प्रतिनिधित्व घटाउने होइन प्रतिनिधित्व गह्रुङ्गो बनाउने बहस हुनुपर्छ, आरक्षणबाट सुरक्षित हुने होइन, प्रतिनिधित्व गह्रुङ्गो बनाउने गरेर एमाले अघि बढ्छ ।”

कांग्रेस नेतृ पुष्पा भुसालले संविधानमा लेखिएको समानताको परिभाषालाई व्याख्या गर्नुपर्ने बताउनुभयो । “महिला भनेको जनसङ्ख्या होइन, मानव पुँजी हो, अब महिलाको सङ्ख्यालाई पुँजीमा परिणत गर्नुपर्छ । संविधानमा लेखिएको समानताको परिभाषालाई व्याख्या गर्नुपर्छ, कार्यान्वयन गरिनुपर्छ,” भुसालले भने । संसद्को राष्ट्रिय सरोकार समितिकी पूर्वसभापति दिलकुमारी रावलले राज्यका तीनै तहले बनाएका कानुन संविधान सङ्गत भए नभएको अध्धययन गर्नुपर्ने बताए । सङ्घ, प्रदेश र स्थानीय तहले बनाएका कानुनबीचमा एकरुपता नहुँदा कार्यान्वयनमा समस्या हुने गरेको उहाँको भनाइ थियो ।

नेकपा (माओवादी केन्द्र)की नेतृ नारायणी शर्माले संविधान बनेको नौ वर्ष पूरा हुँदा पनि संविधानले दिएको अधिकार महिलाले पूर्णरुपमा उपभोग गर्न नपाएको गुनासो गरे । उनले कुनै पदमा एकजना महिला अनिवार्य भनिएको स्थानमा दलहरुबीच गठबन्धन हुँदासमेत महिला अनिवार्य भन्ने शब्द राख्नुपर्ने बताए ।

कार्यक्रममा विज्ञका रुपमा संविधानसभा सदस्य कृष्णभक्त पोखलेलले संविधान कार्यान्वयनको अवस्था र महिलाको प्रतिनिधित्वका विषयमा विगत र वर्तमानका सन्दर्भमा आफ्नो प्रस्तुति राखेका थिए । उनको प्रस्तुतिमा टिप्पणीकर्ताले टिप्पणी गर्नुभएको थियो ।

कार्यक्रमकी सभापति कांग्रेस नेतृ नानु बाँस्तोलाले संविधानको पालना र कार्यान्वयन दरिलो बनाउन तथा राजनीतिक तहबाट महिलाका सामाजिक, आर्थिक मुद्दालाई उठाउन कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि