१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार समाचार

आज डोटीमा साहित्य उत्सव हुँदै

३ असोज, डोटी । डोटीमा आज साहित्य उत्सवको आयोजना गरिएको छ । संविधान दिवसको अवसरमा नेपाली लेखक संघ डोटी र डोटेली साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा सिलगढीमा उत्सव आयोजना गर्न लागिएको हो ।

साहित्य उत्सवको सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा. टीएन जोशीले उद्घाटन गर्ने तय भएको नेपाली लेखक संघ डोटीका अध्यक्ष फणेन्द्र साउदले बताए।

उत्सवमा सुदूरपश्चिमका नौ वटै जिल्लाबाट स्रष्टाहरू सहभागी हुन लागेको उनले बताए। कार्यक्रममा बिभिन्न स्रष्टाहरूको सम्मान, पुस्तक विमोचन, गजल तथा कविता वाचन एबम् जनप्रतिनिधिसंग साहित्य संवाद हुने बताइएको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि