२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार राजनीति समाचार

ओटावामा नेपाल–क्यानडा परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै

२ असोज, काठमाडौँ । नेपाल र क्यानडाबीच आज द्विपक्षीय वार्ता हुँदैछ । यही असोज ३ र ४ गते क्यानडाको टोरोन्टोमा हुने ‘महिला परराष्ट्रमन्त्रीहरूको बैठक’मा भाग लिन ओटावा पुग्नुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र क्यानडाका परराष्ट्रमन्त्री मिलेनी जोली नेतृत्वको प्रतिनिधिमण्डलबीच वार्ता हुन लागेको हो ।

ओटावास्थित नेपाली राजदूतावासका अनुसार आजै परराष्ट्रमन्त्री देउवा क्यानडा–नेपाल संसदीय मैत्री समूहका पदाधिकारीहरूसँगको बैठक तथा संविधान दिवसका अवसरमा दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ ।

क्यानडाका परराष्ट्रमन्त्री जोलीको मैत्रीपूर्ण निमन्त्रणामा उक्त बैठकमा भाग लिन मङ्गलबार क्यानडा पुग्नुभएकी मन्त्री देउवालाई मन्ट्रियल अन्तर्राष्ट्रिय विमानस्थलमा क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्याल, नेपाली दूतावासका कर्मचारीका साथै क्यानडा सरकारका शिष्टाचार अधिकारीहरूले स्वागत गरेका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि