१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार समाचार

भैरव अर्यालको स्मृतिमा स्थापित पुरस्कार तीन जनालाई प्रदान गरिने

१ असोज,  काठमाडौँ। नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित पुरस्कार तीन जनालाई प्रदान गरिने भएको छ । मंगलबार भैरव पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेको अध्यक्षतामा बैठकले उक्त पुरस्कारको सूची सार्वजनिक गरिएको हो।

गुठीका अध्यक्ष घिमिरेका अनुसार २०८१ सालको भैरव पुरस्कार हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ ।

यस्तै भैरव वाङ्मय पुरस्कार कोषकार चुडामणि गौतमलाई प्रदान गरिने गुठीले जनाएको छ। उक्त पुरस्कारको राशि पनि १ लाख १ हजार १ सय ११ रुपैयाँ नै रहेको छ । यस्तै भैरव प्रतिभा पुरस्कार कलाकार लक्ष्मी गिरीलाई प्रदान गरिने भएको वरिष्ठ साहित्यकार रोचक घिमिरेले जानकारी दिए । उनका अनुसार भैरव प्रतिभा पुरस्कारको राशि भने ५१ हजार १ सय ११ रुपैयाँ रहेको छ ।

पुरस्कार पाउनेहरूको नाम छनौट गर्न गुठीले साहित्यकार गोपाल बरालको संयोजकत्वमा साहित्यकारद्वय नरनाथ लुइँटेल र हरिकला उप्रेती सदस्य रहेको चयन समिति गठन गरेको थियो । भैरव स्मृति दिवसको दिन यही असोज १९ गते शनिबार राजधानीको गोकर्णेश्वर(५ स्थित भैरव स्मृति भवनमा कार्यक्रम गरेर पुरस्कारहरू वितरण गरिने गुठीका सचिव वसन्त रिजालले जानकारी दिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि