२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार राजनीति समाचार

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन अन्तिम समयमा आएर स्थगित

१ असोज,  काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा आएर स्थगित भएको छ । असोज २ बुधबारदेखि असोज ५ गतेसम्म संघीय राजधानी काठमाडौँको प्रज्ञाभवन कमलादीमा हुने भनिएको राष्ट्रिय सम्मेलन अन्तिम समयमा आएर स्थगित भएको हो ।

विद्यार्थी नेतृत्वकै परीक्षा समेत चलिरहेको र प्रदेश सम्मेलन समयमै हुन नसकेका कारण स्थगित २ गतेदेखि सुरु हुन लागेको सम्मेलन स्थगित गरिएको संगठनका अध्यक्ष पञ्चा सिंहले नेपाल प्रेसलाई जानकारी दिइन ।

उनका अनुसार एउटा भौगोलिक मधशे प्रदेश र मधेश र बाँकी गैरभौगोलिदक प्रदेश ७ वटा विश्विद्यालयको सम्मेलन हुन बाँकी रहेको उनको भनाई छ । बुधबार बिहान बिहान ८ बजे बस्ने कार्यालय बैठकले स्थगित भएपछिको सम्मेलनको नयाँ कार्यतालिका सार्वजनिक गरिने अध्यक्ष सिंहले बताइन ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि