१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार समाचार

निगमका कर्मचारीलाई अनावश्यक बिदा बस्न रोक

१ असोज,  काठमाडौँ । नेपाल वायुसेवा निगमले कर्मचारीहरूलाई अनावश्यक बिदा लिन रोक लगाएको छ ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले दसैँ, तिहार तथा छठ पर्वको समयमा निगमका सबै विभागका इन्चार्ज र प्रबन्धकदेखि माथिका जिम्मेवार कर्मचारीहरूलाई कार्यालयको काममा वाधा पर्ने गरी बिदा नदिन निर्देशन दिएका हुन् ।

अत्यावश्यक र अत्यन्त जरुरी बाहेक अन्तर्राष्ट्रिय तालिम तथा भ्रमणमा कोही नजान र मातहतका कर्मचारीहरूलाई समेत नपठाउन अध्यक्षले निर्देशन दिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार निगमका नायव महाप्रबन्धक (प्र.), इन्जिनियरिङ मेन्टेनेन्स विभाग, कन्टिन्युइङ्ग एयरवर्दिनेस विभाग, क्वालिटी एस्योरेन्स विभाग र बजार व्यवस्थापन विभागका विभागीय प्रमुखहरूलाई मंगलबार बोलाएर अध्यक्षबाट सो निर्देशन भएको हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि