१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार समाचार

कारागारभित्र प्रेमिकाले नै विष दिएपछि…

१ असोज, काठमाडौँ ।  कैलाली कारागारभित्र एक कैदीबन्दीको रहस्यमय मृत्यु भएको छ। सोमबार दिउँसो २ बजे जिल्लाको घोडाघोडी नगरपालिका–७ का २२ वर्षीय दिपक विकको मृत्यु भएको छ।

उनी जरबजस्ती करणीमा दोषी ठहर भएर कारागार चलान भएका थिए। तर उनको कारागारभित्रै रहस्यमय मृत्यु भएको हो। प्रहरीले शौचालयमा ढलेर उनको मृत्यु भएको बताएको छ। कारागारभित्रकै एक समूहले भने विकको कुटेर हत्या गरेको आरोप समेत लगायो।

तर ती कैदीबन्दीको कुटेर नभएर कारागारभित्र विष सेवन गरेर आफ्नो जीवन आफै समाप्त पारेको जिल्ला कारागार कैलालीका जेलर दिपक पाण्डेले बताए। ती कैदीबन्दीको प्रेमिकाले अचारको डिब्बाभित्र विष राखेको र सो विष सेवन गरेर उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए। अहिले ती महिलालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान गर्ने काम भइरहेको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि