१० माघ २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

सिरहाबाट १४ लाख अवैध रकमसहित ३ जना पक्राउ

१ असोज, काठमाडौँ । सिरहाबाट स्रोत नखुलेको अवैध रकमसहित तीन जना पक्राउ परेका छन् । सिरहा प्रहरीले गत शुक्रबार नै उनीहरूलाई अवैध रकमसहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका–१० का ५७ वर्षीय मजित मियाँ, सोही ठाउँ बस्ने वर्ष २८ का मोहम्मद अलाहउद्दिन र २३ वर्षीय अजय चौधरी छन् । सखुवानन्कारकट्टी गाउँपालिका(५ बाट पक्राउ परेका उनीहरूको साथबाट स्रोत नखुलेको १४ लाख १९ हजार ८ सय ९० नेपाली र ४ सय भारतीय रुपैयाँ बरामद भएको सिरहा प्रहरीले जनाएको छ ।

यस्तै, प्रहरीले उनीहरू सबार भएर आएको स ९ प ११६२ नम्बरको मोटरसाइकल र तीन थान मोबाइल पनि नियन्त्रणमा रहेको जनाएको छ । अदालतबाट हुण्डीसम्बन्धी कसुर मुद्दामा ५ दिनको म्याद लिएर यस विषय थप अनुसन्धान कार्य भइरहेको सिरहा प्रहरीले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि