२४ पुष २०८२, बिहीबार
मुख्‍य समाचार समाचार

इन्द्रजात्रा समारोहमा बालेन अनुपस्थित

१ असोज, काठमाडौँ । इन्द्रजात्राका अवसरमा काठमाडौँको हनुमान ढोका दरबार क्षेत्रमा विशेष समारोह आयोजना गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसहित राज्यका उच्च पदस्थहरू समारोहमा उपस्थित छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ भने समारोहमा अनुपस्थित रहे । उनले अघिल्लो वर्ष इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्ने भन्दै विदेशी अतिथिहरूलाई पनि बोलाएका थिए । तर, यसपालि आफैँले अघोषित बहिष्कार गरेका छन् । इन्द्रजात्रा छल्नकै लागि बालेन भारतको बैंगलोर पुगेको सचिवालयको दाबी छ ।

आज उनी फर्किने सेड्यूल भए पनि इन्द्रजात्रामा सहभागी नहुने निधो थियो । समारोहमा बालेनका केही समर्थकहरू उनको नाम र तस्बिर अंकित टिसर्ट लगाएर पुगेका थिए । कार्यक्रम सुरु नहुँदै पुगेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।इन्द्रजात्रा समारोहमा काठमाडौं महानगरको नेतृत्व उपमेयर सुनिता डंगोलले गरिन् । उनले राष्ट्रपतिसहित विशिष्ट पाहुनाहरूलाई स्वागत गरेकी थिइन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि