९ माघ २०८२, शुक्रबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

कास्की प्रहरीले एक महिनामै पक्रियो ८६ फरार प्रतिवादी

१ असोज, काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले एक महिनाको अवधिमा ८६ फरार प्रतिवादी पक्राउ गरेको छ । भदौ १ देखि ३१ गतेसम्मको अवधिमा विभिन्न कसुरमा दोषी ठहर भएर फरार भएका ८६ जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुबाट ८ वर्ष १० महिना १ दिन कैद र ४६ लाख ४२ हजार ९ सय जरिवाना असुल गर्न बाँकी रहेको कास्कीका एसपी मोहन थापाले जानकारी दिए ।

पक्राउ परेका मध्ये ६३ जना पुरुष र २३ जना महिला छन् । जसमा चेक अनादार मुद्दाका ५२ जना, लागु औषध मुद्दाका ९ जना, चोरी सम्बन्धी कसुरका १ जना, अपहरण तथा शरीर बन्धक मुद्दाका १ जना, हातहतियार तथा खरखजना मुद्दाका १ जना, नागरिकता तथा छाप दस्तखत कीर्ते मुद्दाका १ जना, वन सम्बन्धी मुद्दाका २ जना, बाल यौन दुरुपयोग मुद्दाका २ जना पक्राउ परेका छन् ।

त्यसैगरी बैंकिङ कसुर मुद्दाका ६ जना, अभद्र मुद्दाका ३ जना, लेनदन मुद्दाका ३ जना, सवारी ज्यान मुद्दाका २ जना र जालसाझी मुद्दाका ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि