९ माघ २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

भारत जाँदै गरेका दुई वटा गाडीबाट १८९ किलो गाँजा बरामद

१ असोज, विराटनगर । प्रहरीले विराटनगरमा दुई वटा गाडीबाट १८९ किलो गाँजा बरामद गरेको छ । प्रहरीले दुवै गाडीमा सवार ४ जनालाई पनि नियन्त्रणमा लिएको छ ।

सोमबार राति विराटनगर महानगरपालिका–१७ मण्टापोखरी चोकमा । भारतको जोगवनीतिर जाँदै गरेको को २ च ७५९ नम्बरको स्कोरपिओबाट सोमबार राति १४६ किलो गाँजा र  सोमबार बिहान विराटनगर महानगरपालिका–१५ मा कारभित्र ४३ किलोग्राम गाँजा बरामद गरेको हो ।

लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीले विराटनगर महानगरपालिका–१७ मण्टापोखरीबाट स्कारपिओलाई प्रहरीले राति ८: ४५ बजेतिर नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

६ वटा बोराभित्र प्याक गरेर गाडीको पछाडिको साइडमा लुकाइ राखिएको अवस्थामा गाँजा फेला परेको थियो । नियन्त्रणमा लिने क्रममा स्कोरपिओले एक जना  प्रहरीलाई ठक्कर दिएको छ । स्कfरपिओ चालक धरान उपमहानगरपालिका–४ १७ का ४५ वर्षीय सुक्षिम राई र स्कोरपिओमा सवार धरान–११ का ४६ वर्षीय देवराज राईलाई प्रहरीले पक्राउ गरेको छ ।सोमबार बिहान पनि विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाटबाट ४३ किलोग्राम गाँजासहित बा ८ च ७८८० नम्बरको कारलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले चालक विराटनगर–१५ का ३२ वर्षीय गणेश चौधरी र कारमा सवार विराटनगर–१३ का २२ वर्षीय राजेश परियारलाई पनि पक्राउ गरेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि