९ माघ २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

भोटेकोशीमा खसेको गाडीका चालकको शव सुनकोशीमा भेटियो

१ असोज, काठमाडौं । भोटेकोशी नदीमा बोलेरो जिपसहित बेपत्ता भएका चालकको शव फेला परेको छ ।

भदौ २८ गते सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-६ ढुंगाखानीस्थित सडकबाट बोलेरो जिप भोटेकोशीमा खसेको थियो ।

उक्त गाडीका चालक भोटेकोशी गाउँपालिका-५ सानु तामाङको शव सशस्त्रको टोलीले सोमबार सिन्धुलीको फिक्कल गाउँपालिका-६ स्थित सुनकोशी नदीबाट निकालेको थियो ।

तामाङको शव उनका आफन्तले सनाखत गरेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल राखिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि