९ माघ २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

बागमती प्रदेश सभाको बैठक असोज ६ गते बस्ने

१ असाेज,  काठमाडौँ । बागमती प्रदेश सभाको बैठक यही असोज ६ गते बस्ने भएको छ । प्रदेश सभा सचिवालयमा दर्ता भएको तीन वटा विधेयकलाई पारित गर्न असोज ६ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

गत भदौ १३ गते बसेको प्रदेश सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा कृषि समितिले ‘प्रदेश स्वास्थ्य ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘प्रदेश कृषि विकास सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयक’ पारित गर्दै प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको थियो ।

यस्तै, उद्योग, पर्यटन तथा वातावरण समितिको बैठकले ‘प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०’ पारित गरी प्रदेशसभामा पठाउने निर्णय गरेको थियो । यी तीनवटै विधेयक पारित गर्ने प्रदेशसभा सचिवालयको तयारी छ ।

यही असोज ६ गते बस्ने प्रदेश सभा बैठकको कार्यसूची तय गर्न असोज ५ गते दिउँसो ३ बजे प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिएको छ । बागमती प्रदेश सभाको बैठक यसअघि गत साउन १५ गते बसेको थियो । सो बैठकबाट दुई वटा विधेयक पारित गरी अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि