२९ आश्विन २०८२, बुधबार
अर्थ मुख्‍य समाचार राजनीति समाचार समाज

सञ्चय कोषको भूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक : मन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सञ्चय कोषको भूमिकालाई थप प्रभावकारी बनाएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

सोमबार काठमडौंमा आयोजित कर्मचारी सञ्चय कोषको ६३औं वार्षिकोत्सव समारोहमा अर्थमन्त्री  पौडेलले, सरकारको अभिभारा सामाजिक सुरक्षाको प्रवन्धलाई पूरा गर्ने शिलसिलामा सञ्चय कोष एउटा महत्पूर्ण माध्यमको रुपमा रहेको भन्दै यसको भूमिकालाई अझ प्रभावकारी बनाएर जानुपर्ने बताएका हुन् ।

उनले भने, ‘सरकार अहिले जीवनचक्रमा आधारित सामाजिक सुरक्षाको मान्यतामा विश्वास गर्दछ । सरकार सामाजिक सुरक्षाको प्रवन्धलाई आफ्नो अभिभारा ठान्छ । यो सामाजिक सुरक्षाका अभिभारा पूरा गर्ने शिलसिलामा सञ्चय कोष एउटा महत्पूर्ण माध्यमको रुपमा छ । त्यसैले यसको भूमिकालाई अझ प्रभावकारी बनाएर जानुपर्छ ।’

उनले सञ्चयकर्ताको सञ्चयको संरक्षण गर्ने, अधिकतम मात्रामा लाभान्वित गर्नका निमित्त सरकारले प्रयास गर्ने बताए ।

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि