२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार राजनीति समाचार

नेपालले पश्चिमको आँखाबाट नभई एसियाको आँखाबाट समृद्धिको सपना देख्नुपर्छ’

३० भदौ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चीन र भारतको बढ्दो विकासको कारणले गर्दा पश्चिमा दृष्टिकोणको असर नेपालको राजनीतिमा परिरहेको बताएका छन् ।

आइतबार पत्रकार सुधीर शर्माका दुई पुस्तक ‘हिमालपारिको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’को कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले एसियाको विकासको सम्भावनाको बारेमा नेपालले पनि विमर्श गर्नुपर्ने बेला भएको बताएका हुन् ।

उनले भने, ‘बद्लिएको विश्वको सन्दर्भका बारेमा, एसियाको विकासको सम्भावनाको बारेमा अब हामीले विमर्श गर्नुपर्ने बेला भएको छ भन्ने मलाई लाग्दछ । नयाँ विश्व व्यवस्थाका सर्जकको रुपमा हाम्रा दुई छिमेकीहरु अगाडि आउन खोजिरहेका छन्, चीन र भारत । चीन र भारतको बढ्दो विकासको कारणले गर्दा पश्चिमा दृष्टिकोणको असर नेपालको राजनीतिमा परिरहेको छ।’

नेपालले पश्चिमको आँखाबाट नभई एसियाको आँखाबाट समृद्धिको सपना देख्न थाल्नुपर्ने उनको भनाइ छ ।

‘अब हामीले पश्चिमको आँखाबाट होइन एसियाको आँखाबाट नेपालको समृद्धिका सपनाहरु देख्न थाल्नुपर्दछ । योजना बनाउन थाल्नुपर्दछ । यसरि नेपाललाई एसियाली ज्ञान सिद्धान्तका आधारमा एसियालाई भविष्यको मानव सभ्यताको नेतृत्वकर्ता सभ्यताको विकास गर्ने कुराको आधारका सामाजिक, राजनीति, आर्थिक रुपमा अगाडि बढाउने सम्भावनाहरु देखा परेका छन् भन्ने मान्यताका आधारमा हामीले चिन्तन गर्नुपर्ने हुन्छ,’उनले भने ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि