९ माघ २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

दुई दिनदेखि अवरुद्ध केआईसिंह राजमार्ग सञ्चालन

३० भाद्र,  डोटी । अविरल वर्षासँगै खसेको पहिरोले दुई दिनदेखि अवरुद्ध केआईसिंह राजमार्ग सञ्चालनमा आएको छ ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका-२ रडुवामा गएको पहिरोले अवरुद्ध बनेको डडेल्धुरा डोटी जोड्ने राजमार्ग एकतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

भदौ २६ गते रातिदेखि २८ गतेसम्म परेको वर्षाका कारण सडकमाथिबाट खसेको पहिरोले अवरुद्ध बनेको राजमार्ग शनिबार साढे १ बजेदेखि एकतर्फी सञ्चालन भएको हो । राजमार्ग सञ्चालन भएसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डोटी, अछाम र बाजुराबाट तराई जाने र आउने यात्रु तथा सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि