१७ चैत्र २०८२, मंगलवार
समाचार

कञ्चनपुरमा बाढीले २ सय ५० भन्दा बढी घरपरिवार विस्थापित

२८ भदौ, काठमाडौँ । लगातारको अबिरल बर्षासँगै महाकालीमा नदीमा आएको बाढीले भुजेला खोला थुनिँदा कञ्चनपुरका बस्तीहरु डुबानमा परेका छन ।

भीमदत्त नगरपालिका वडा नं. १२ भुजेला क्षेत्र र ऐरीघाटका ७० परिवार भन्दा बढी बाढीले बिस्थापित भएका छन ।

बिस्थापितहरु बन्दोबस्तीका सामान र गाइबस्तुसहित १२ नम्बर वडा कार्यालय र महाकाली किनाराको सडक छेउमा बस्न बाध्य छन ।

उता जोगुढा नदीले डुवान गर्दा दोधारा चाँदनी नगरपालिका वडा नं. ३, पटर खल्ला वडा नं.१० कुतियाकवर लगायतका क्षेत्रहरुमा १३० भन्दा बढी  घर परिवार बिस्थापित भएका छन ।

पुनर्वास नगरपालिकाको रातो ताल, दशरथ बस्ती लगायतका क्षेत्रहरुमा डुवान हुँदा ५५ परिवार विस्थापित भएका छन ।

बाढीले लत्ताकपडा , खाद्यान्न ,बन्दोबस्तीका सामान र घरमा राखिएका आवश्यक अन्य सरसमान समेत भिजेर नष्ट भएका छन ।

उद्धारको काम जारी रहेको र बाढी प्रभावितहरुलाइ सुरक्षित स्थानमा सार्ने काम भैरहेको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले जानकारी दिनुभएको छ ।

सबै सुरक्षा निकाय परिचालन गरिएको प्रजिअ सापकोटाको भनाइ छ ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले बाढी प्रभावित क्षेत्रका बासिन्दाहरुको उद्धार भैरहेको भन्दै बिस्थापितहरुको आश्रय स्थलदेखि खानपानको व्यवस्थासमेत नगरपालिकाले गरिरहेको बताउनुभएको छ ।

बाढीले खाद्यान्न बन्दोबस्तीका सामानदेखि कतिपय घरमा क्षति पुर्‍याएको भन्दै सरकारले तत्काल राहतको व्यवस्था गर्नुपर्ने विस्थापितहरुको माग छ।

बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना लगायतका बिभिन्न निकायहरुबाट उद्धारको काम भैरहेको छ ।।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि