२७ भदौ, काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य डा.राजन भट्टराईले सरकारबारे भइरहेको गलत प्रचारको खण्डनमा उत्रन पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।
बागमती प्रदेश इन्चार्ज रहेका भट्टराईले सिन्धुली एमालेको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै सरकारको रक्षार्थ उभिन पार्टी पंक्तिलाई निर्देशन दिएका हुन् ।
‘सरकारमा रहँदा केही नगर्ने र सरकारबाट बाहिरिनासाथ विभिन्न खालका गलत प्रचार गर्ने काम भइरहेको छ’ उनले भने, ‘सरकारबारे भइरहेको गलत प्रचारको विरुद्ध उभिनुहोस् ।’
भट्टराईले पाटी अनुशासनबारे पनि चर्को निर्देशन दिए । अनुशासित भएर काम गर्न नसक्नेले नेतृत्वमा रहन नहुने उनले बताए ।







