२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार राजनीति समाचार

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित

२७ भदौ, काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ ।

उच्च अदालतमा विद्यार्थीले मुद्दा हालेपछि यही भदौ २८ शुक्रबारका लागि तय भएको निर्वाचन स्थगित भएको हो ।

निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको अन्तिम नामावलीमा आफूहरूको नामावली नआएपछि साइन्स एण्ड टेक्नोलोजी डिपार्टको छैटौं सेमेस्टरका विद्यार्थीले रिट हालेका हुन् ।

स्ववियु निर्वाचन अधिकृत त्रिभूवन विसीले स्टे अर्डर आएको बताउँदै आगामी असोज ६ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको खबर आएको बताए । तर, पत्र आइनसकेको उनको भनाइ छ ।

मप विश्विद्यालयमा साउन ३१ गतेदेखि निर्वाचन प्रक्रिया सुरु भएको थियो । जसअन्तर्गत निर्वाचन अकिकृतको कार्यालयले भदौ ५ गते अन्तिम नामावली प्रकाशित गरेको थियो ।

तर, रंजित विकसमेतका विद्यार्थीहरूले आफूहरूले पनि मतदान गर्न पाउनु पर्ने भन्दै बुधबार रिट हालेका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि