१० पुष २०८२, बिहीबार
अर्थ मुख्‍य समाचार समाचार

नेपाल ल्युब आयलले एफपीओ जारी गर्ने, २५ प्रतिशत लाभांश घोषणा

२७ भदौ, काठमाडौं । नेपाल ल्युब आयलले सेयरधनीका लागि २५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समित बैठकले ५ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर घोषणा गरेको हो ।

सो लाभांश पारित गर्नका लागि कम्पनीले असोज १८ गतेका लागि साधारणसभा बोलाएको छ । असोज ४ गतेका लागि बुक क्लोजको मिति तय गरेको छ । साधारणसभामा लाभांशका साथै थप सेयर निष्कासन (एफपीओ) प्रस्ताव पनि लगिने कम्पनीले सार्वजनिक सूचनामार्फत जनाएको छ ।

प्रिमियम मूल्य थप गरी एफपीओ जारी गरिने कम्पनीले स्पष्ट पारेको छ । जारी हुने एफपीओ संख्या तथा मूल्य भने पछि तय हुने छ । एफपीओ जारी गरी पूँजी वृद्धि गर्न प्रवन्धपत्र तथा नियमावली संशोधनका लागि गर्नुपर्ने आवश्यक कामकारबाहीको जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव साधारणसभामा लगिँदैछ ।

बजारमा सूचीकृत रहे पनि यस कम्पनीको सेयर बिक्री गर्नेहरू नहुँदा किनबेच हुने गरेको छैन । जम्मा ६ लाख ७ हजार ७०४ कित्ता सेयर मात्रै सूचीकृत छ । उत्पादन तथा प्रशोधन समूहको यस कम्पनीको वित्तीय स्थिति सबल र मजबुत छ ।गत असार मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ७३ रुपैयाँ २७ पैसा छ । बलियो वित्तीय स्थितिका बाबजुत बजारमा कारोबार नहुँदा कम्पनीको मूल्य नै स्थिर छ । यसको पछिल्लो बजार मूल्य जम्मा २८४ रुपैयाँ ९० पैसा छ । जबकि कम्पनीको प्रतिसेयर नेटवर्थ नै ६५७ रुपैयाँ छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि