९ माघ २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

दशैं आउन एक महिना बाँकी रहँदै टिकट बुकिङ सुरु

२७ भदौ, काठमाडौं । हिन्दु नेपालीहरुको महान पर्व दशैं आउन एक महिना बाँकी रहँदै यात्रुहरुले गन्तव्यसम्म जानको अग्रिम टिकट काट्न थालेका छन् ।

चाडपर्वको बेला भाडा महंगो हुँदै जाने र कालो बजारी हुने डरले यात्रुहरु अग्रिम बुकिङ थालेका हुन् ।

यद्यपी, नेपालका एयरलाइन्सहरुले अग्रिम बुकिङ खुलाउने गरेका छैनन् । वायुसेवा सञ्चालक संघका अनुसार अनलाइनबाट सहज रूपमा टिकट पाइने भएपछि अधिकांश हवाई गन्तव्यको टिकट बुकिङ गरेका हुन् ।

त्यस्तै,  दशैं, तिहार र छठ पर्वलक्षित सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ असोज पहिलो हप्तादेखि खुला गर्ने यातायात व्यवसायीहरुको तयारी छ ।

दसैँको १५ दिनअगावै लामो दुरीका सवारीको अग्रिम टिकट खुला गर्ने गरिँदै आएको छ ।

यातायात व्यवसायीले विगतमा जस्तै सर्तहरू भने राखेका छन् । बर्सातमा भत्किएका सडक मर्मत गर्नुपर्ने, दुई वर्षदेखि रोकिएको भाडादर समायोजन गर्न माग गरेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि