९ माघ २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

पूजाको प्रसाद खाँदा बिरामी

२७ भाद्र,  विराटनगर । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ९ मा पूजाको प्रसाद खाँदा ६० भन्दा बढी बिरामी भएका छन् ।

स्थानीय रिता निरौलाको घरमा लगाएको पूजाको प्रसाद खाँदा उनको घरमा आएका पाहुना र टोलवासी बिरामी भएका हुन् ।

अर्जुनधारा नगरपालिका– ९ को खरबन्दी की निरौलाको घरमा बुधवार पूजा लगाइएको थियो । पूजामा गएर प्रसाद खाने ६० भन्दा जना भन्दा बिरामी भएको वडाध्यक्ष भीष्म मिश्रले बताए । पूजामा गएकाहरूले सब्जी र रोटी अचार खाएका थिए ।

सब्जी अजार र रोटी खानेहरू अधिकांशलाई डायरिया र बान्ता भएको छ । केहीलाई ज्वरो समेत आएको अध्यक्ष मिश्रले बताए । बिरामी भएकाहरूलाई स्थानीय क्लिनिकहरूमा राखिएको छ । पूजाको प्रसादीमा फुड पोइजनिङ हुँदा गाउँ नै बिरामी परेको अध्यक्ष मिश्रले बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि