२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार राजनीति समाचार

कोशीका पूर्वमुख्यमन्त्री कार्कीले तोडे अनशन

२६ भाद्र, विराटनगर । आमरण अनशनमा बसेका कोशीका पूर्व मुख्यमन्त्री केदार कार्कीले अनशन तोडेका छन् ।

नेपाली काँग्रेस कोशी प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापा, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला लगायतका नेताहरूको पहलमा उनले अनशन तोडेका हुन् ।

थापा र कोइरालासँग पूर्व मुख्यमन्त्रीका मागका विषयमा प्रदेश सरकारका मुख्यमन्त्री हिक्तम कार्कीले छलफल गरेका थिए । दिनभरि भएको छलफलमा पूर्व मुख्यमन्त्रीले राखेकोमा मागहरू बजेटले सम्बोधन गरेको मुख्यमन्त्री कार्कीले आश्वस्त पारेका थिए ।

पूर्व मुख्यमन्त्रीका मागहरूका सम्बोधन हुने सम्बोधन नभए काँग्रेस सत्ता साझेदार भएकाले सम्बोधन गर्ने आश्वासन थापाले दिएका थिए । यस्तै प्रदेश सरकारका मन्त्रीहरू राम राना र लिलाबल्लव अधिकारीले समेत माग सम्बोधन भएको र नभएको भए सम्बोधन गरेर जाने बताएपछि कार्कीले अनशन तोडेका हुन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि