१८ कार्तिक २०८२, मंगलवार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार समाज

ट्रम्पको आरोप : कमला ह्यारिस मार्क्सवादी हुन्, उनका बुवा मार्क्सवाद पढाउँथे

२६ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावका प्रत्याशी डोनाल्ड ट्रम्पले अर्की प्रत्याशी कमला ह्यारिस मार्क्सवादी भएको आरोप लगाएका छन् ।

प्रेसिडेन्सियल डिबेटका क्रममा ट्रम्पले बुधबार बिहान ह्यारिसमाथि यस्तो आरोप लगाएका हुन् ।

ह्यारिसका पिता डोनाल्ड जे ह्यारिसले स्ट्यान्फोर्डमा अर्थशास्त्र पढाउँदा मार्क्सवाद पढाएको भन्दै ट्रम्पले ह्यारिस पनि सोही बाटोमा हिंडेको आरोप लगाए । ‘यिनी मार्क्सवादी हुन्, सबैलाई थाहा छ यिनी मार्क्सवादी नै हुन्,’ ट्रम्पले प्रत्यक्ष बहसका क्रममा सामुन्नेमा रहेकी डेमोक्रयाट उम्मेदवार तथा हालकी उपराष्ट्रपति ह्यारिसबारे आरोप लगाए ।

ट्रम्पले अघि भने, ‘यिनका पिता मार्क्सवादी प्राध्यापक थिए । छोरीलाई पनि राम्रैगरी मार्क्सवाद पढाएका छन् ।’

पूर्वराष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार ट्रम्पले लगाएको आरोपमा ह्यारिसले भने आफू पुँजीवादकै समर्थक भएको बताइरहिन् ।

आफ्ना पिता मार्क्सवादी बौद्धिक भए पनि आफूले हालको अमेरिकी बाटो नै पछ्याउने ह्यारिसको भनाइ थियो । ‘म पुँजीवादकै समर्थन गर्छु, ममाथि यिनले लगाएको यो आरोप बेकार हो,’ ह्यारिसले भनिन् ।

ट्रम्पले ह्यारिसले इजरायललाई घृणा गर्ने गरेको र अमेरिकालाई भेनेजुयला बनाउन लागेको आरोपसमेत लगाए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि