९ माघ २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

स्कूलबाट फर्कदै गरेकी एक बालिकाको खहरे खोलाले बगाएर मृत्यु

२६ भाद्र, काठमाडौँ । मकवानपुरमा खहरेले बगाएर एक बालिकाको मृत्यु भएको छ । मनहरी गाउँपालिका वडा नम्बर ८ सिम्पानी गुरुङडाँडा बस्ने जितेन्द्र गुरुङको वर्ष १४ की रितिका भनिने रन्जिता गुरुङको खहरेले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

युनाइटेड बोर्डिङ स्कुलमा अध्ययनरत गुरुङलाई स्कुलबाट घर फर्किदै गर्दा घर नजिकैको मोरङ्गे खहरेले बगाएको थियो । उनको शव अन्दाजी २ मिटर पर जनसेवा क्रसर नजिकै फेला परेको प्रहरीले जनाएको छ ।

मृतक गुरुङको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ । खहरेले बगाएको अर्का एक छात्रको सकुशल उद्धार गरिएको छ ।

महेन्द्रकिरण माविमा अध्ययनरत १७ वर्षीय इशान गुरुङलाई सकुशल उद्धार गरिएको मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । उनको मनहरी अस्पतालमा उपचार भइरहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि