१८ कार्तिक २०८२, मंगलवार
अर्थ कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

बिर्तामोडमा जुत्ता–चप्पल मेला, दुई करोडको कारोबार हुने अपेक्षा

२५ भदौ, झापा । झापाको बिर्तामोडमा मंगलबारदेखि दोस्रो जुत्ता चप्पल मेला सुरु भएको छ । मेलाको बिर्तामोड नगरपालिकाका मेयर पवित्रा महातारा प्रसाईले उदघाटन गरेकी छन् ।

मेयर प्रसाईंले बिदेशी सामानको प्रयोगभन्दा स्थानीय स्रोत साधनलाई प्राथमिकता दिनुपर्ने बताइन् । उनले मुलुकको आर्थिक समृद्धिका लागि स्वदेशी उत्पादनमा उपयोगमा जोड दिन आग्रह गरिन ।

गत बर्ष आयोजना भएको मेलामा अवलोकनकर्ताको उत्साहजनक सहभागिता भएपछि आयोजकले यसबर्षपनि मेला आयोजना गरेको हो ।

बिर्तामोडको सिटी सेन्टरमा सञ्चालन भइरहेको मेलामा नेपालका पाँचवटा कम्पनीको तीन हजार मोडलका जुत्ता चप्पल आकर्षक स्किमका साथ बिक्रीका लागि राखिएका छन् । बिर्तामोड सिटी सेन्टरले आयोजना गरेको मेलाको सह–आयोजक नेपाली जुत्ता घर रहेको छ ।

‘नेपाली उत्पादनको प्रवद्र्धन, हाम्रो अभियान’ भन्ने नारासहित आयोजना भएको मेलामा बीएफ डियर हिल, फस्ट वाक सुज, रन सुज, स्मार्ट सुज र क्रस रोड सुज गरि ५ वटा कम्पनीको २५ वटा स्टल छन् ।

मेला संयोजक होमनाथ उपाध्यायका अनुसार चाडपर्व लक्षित क्याजुअल सुज, स्पोर्टस सुज, पार्टी सुज, स्कुल सुज, फुटबल सुज, फुटसल सुज तथा बच्चाका सुजहरु उपलब्ध छन् ।

एक महिनासम्म  सञ्चालन हुने मेलामा एक लाख अवलोकनकर्ता आउने तथा २ करोड रकम बराबरको कारोबार हुने अपेक्षा आयोजकको रहेको छ ।

ती कम्पनीको संलग्नतामा भएको मेला यो दोस्रो हो । यसअघि गतबर्ष पुस ९ गतेदेखि माघ १५ गतेसम्म महोत्सव आयोजना भएको थियो ।

मेलामा १५ देखि ५० प्रतिशतसम्म छुट उपलब्ध हुने आयोजकले जनाएको छ । यसका अतिरिक्त खरिदकर्तालाई विशेष उपहार दिइने उपाध्यायले जानकारी दिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि