२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार राजनीति समाचार

राजीनामा दिन उपसभामुख रानालाई बाँस्कोटाको सुझाव

२५ भदौ, काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले राजीनामा दिन उपसभामुखलाई सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै प्रणाली, व्यक्तिको आचरण वा पदिय दायित्वमा रहेर गर्नुपर्ने काममा प्रश्न उठे पद छोड्नुपर्नेे बताएका हुन् ।

उनले भने, ‘उपसभामुखज्यूलाई सुझाव छ, यत्रो प्रश्न उठेको छ भने उहाँले आफ्नो पदबाट मार्गप्रशस्त गरे के बिग्रन्छ ?, प्रश्न उठ्नु र जवाफदेहीता चाहिन्छ भन्नु लोकतन्त्रको हत्य होइन । लोकतन्त्रलाई थप बलियो बनाउन मद्दत पुग्छ । सांसदहरुबारे प्रश्न उठ्यो भने के गर्ने भन्ने कानुन नियम बनाउँ न, व्यक्तिगत रुपमा निरन्तर पीडित हुनुभन्दा खुला किताब र सबैको निम्ति पारदर्शिता प्रदर्शन गर्न मार्गप्रशस्त गरे हुन्छ ।’

विगतमा आफूमाथि प्रश्न उठेपछि मन्त्रीबाट राजीनामा दिएको स्मरण गर्दै उनले दोषी हो वा होइन कानुन वा कुनै छानबिन भए त्यसले देखाउने बताए ।

संसदको बैठकको सुरुमै रास्वपाले विशेष समय लिएर संवैधानिक परिषदबाट बहुमत पुर्याउन उपसभामुखलाई हटाउन खोजिएको भन्दै आपत्ति जनाएपछि एमाले सांसद बास्कोटाले लोकतन्त्रमा सबैमाथि प्रश्न उठाउन पाउने बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि