९ माघ २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

यसरी हुँदैछ इन्द्रजात्राको तयारी

२५ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाको विशेष पर्व इन्द्रजात्राको लागि बसन्तपुर क्षेत्रमा तयारी भइरहेको छ ।

बसन्तपुरमा रथ तयार गर्ने, सरसफाइ गर्नेलगायतका कामहरु भइरहेका हुन् ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धर्मतः इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि सुरु हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवी–देवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ ।

लिंगो ठड्याइने प्रक्रियालाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ । लिंगोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रूपमा इन्द्रजात्रा मनाउने गरिएको प्रचलन छ ।

इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई लिइन्छ । काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत ठाउँहरूमा धुमधामसाथ इन्द्रजात्रा मनाउने चलन छ ।

यही भदौ २६ गते बुधवारको दिन बिहान १० बजेर ३२ मिनेटको साइतमा लिङ्गो सहर प्रवेश गराइने छ । भदौ ३० गते आइतवार बिहान ८ बजेर २६ मिनेटको शुभ साइतमा इन्द्रध्वज उत्थान गरिने छ भने असोज १ गते मंगलवार कुमारी रथ यात्रा प्रारम्भ हुनेछ ।

असोज २ गते बुधबार माथिल्लो टोलमा रथ यात्रा हुन्छ । असोज ५ गते शनिबार नानिचा यात्रा हुन्छ । त्यसै दिन राति १० बजेर ३१ मिनेटको साइतमा इन्द्रध्वज ढालेपछि जात्राका कार्यक्रम सकिन्छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि