९ माघ २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

मिर्गौला पीडित अनुषालाई दुई लाख ५० हजार सहयोग

२४ भदौ, काठमाडौं । दुवै मिर्गौला फेल भई काठमाडौँस्थित टिचिङ अस्पतालमा उपचाररत अनुषा अधिकारीको उपचारमा अधिकारी बन्धु समाजले सहयोग गरेको छ ।

उनको सहयोगार्थ आइतबार  कुइभीर अधिकारी बन्धु समाजले आर्थिक सहयोग गरेको हो । ओखलढुङ्गाको साबिक कुइभीरमा बस्दै आएका कुइभीर अधिकारी बन्धु समाजले अधिकारीको उपचार सहयोगार्थ दुई लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

समाजका अध्यक्ष शम्भु अधिकारीका अनुसार इटहरीस्थित राष्ट्रिय जनसहयोग कलेजमा स्नातकोत्तर अध्ययन गर्दै आएकी अधिकारीको दुवै मिर्गौला फेल भएपछि तीन महिना अघिदेखि टिचिङ हस्पिटल काठमाडौँमा उपचाररत रहेकी छन् ।

उपचार गर्न आर्थिक अभाव भएर समस्या भएपछि समाजले आर्थिक सहयोग गरेको बताइएको छ । आर्थिक सहयोग बापतको रकम मिर्गौला पीडित अधिकारीका बुबा लीलाराज अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।

सो क्रममा कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष शान्तिबहादुर अधिकारीले प्रतिष्ठानको केन्द्रीय समितिबाट समेत आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । पीडित अनुषाको मिर्गौला फेर्नका लागि २५ लाख बढी रकम खर्च हुने जनाइएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि