९ माघ २०८२, शुक्रबार
समाचार समाज

सवारी साधन एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु

२३ भाद्र,  काठमाडौँ । चितवनमा कन्टेनर र मोटरसाइकल एकापसमा खाँदा एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्जबाट कुखुराको दाना लिएर भरतपुरतर्फ आइरहेको ना८ख २८१८ नम्बरको कन्टेनर र विपरीत दिशाबाट गइरहेको बागमती प्रदेश०६–००३प ४८५१ नम्बरको मोटरसाइकल आज बिहान  रत्ननगर नगरपालिका–३ शान्तिचोकमा एकापसमा ठक्कर खाँदा  मोटरसाइकल चालक रत्ननगर–१५ का ३४ वर्षीय जीवन मग्राती गम्भीर घाइते भएका थिए ।

घाइते मग्रातीको उपचारका क्रममा आज बकुलहर अस्पताल टाँडीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले बताए  । ठक्कर दिने कन्टेनर र चालक बाराको  गडीमाई नगरपालिका–५ का ३६ वर्षीय श्यामसुन्दर सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि