१७ चैत्र २०८२, मंगलवार
समाचार

खाजा समय आधा घण्टाभन्दा बढी नतोक्न निर्देशन

२३ भाद्र,  काठमाडौँ । सरकारले सरकारी कार्यालयहरूमा खाजा समय आधा घण्टाभन्दा बढी नतोक्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालय, आयोग, सचिवालय र निकायहरूलाई परिपत्र गर्दै खाजा समय दिउँसो १ः३० देखि २ बजेसम्म मात्रै छुट्याएर कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

१२ पुस २०८० को मन्त्रिपरिषद्को निर्णयअनुसार २९ माघ २०८० मा प्रकाशित राजपत्रले सबै सरकारी कार्यालयको खाजा समय तोकेकाले त्यसअनुसार नै गर्न पत्रमा भनिएको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार तोकिएको खाजा समयबारे सूचना सूचना पाटीमा टाँस्ने र अन्य समयका सेवा प्रवाह र कार्यालयको काम नरोक्ने व्यवस्था गर्न सम्बन्धित कार्यालय प्रमुखले मिलाउनुपर्ने परिपत्रमा उल्लेख छ ।

पत्रमा अनुगमनका क्रममा कतिपय निकायमा खाजा समय तोकिएभन्दा बढी निर्धारण गरिएको र खाजा समय पालना नभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

मन्त्रालय र अन्तरगतका निकायमा तोकिएअनुसार खाजा समयको परिपालना गर्न पत्रमा भनिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि