९ माघ २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार समाज

नेपाललाई विश्वसामु चिनाउने कडीको रुपमा खेल क्षेत्रलाई लिनुपर्छ : सभापति देउवा

२३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पेरिस पारालिम्पिकमा नेपालले प्राप्त गरेको काश्य पदकले देश कै इज्जत बढेको बताएका छन् ।

आइतबार पार्टी कार्यालयमा आयोजित सम्मान कार्यक्रममा उनले नेपाली पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्द्धनले काश्य पदक हासिल गरेर राष्ट्रकै इज्जत बढाएको भन्दै आगामि दिनको सफलताको लागि शुभकामना दिएका हुन्  ।

उनले भने,‘ नेपालको इतिहासमा अन्तर्राष्ट्रियस्तरको काश्य पदक प्राप्त हुनुले पनि नेपालकै इज्जत बढेको छ । त्यसका लागि भोलिका दिनमा नेपाली खेलाडि अझ बढी उत्साहित हुन्, अझ बढि तपाईंलाईसफलता मिलोस् भन्ने कामना गर्न चाहन्छु।’ खेलकुद क्षेत्रको विकासका लागि नेपाली कांग्रेस सदैब प्राथमिकताका साथ सहयोग गरिरहेको छ । आगामी दिनमा पनि अझ सशक्त ढंगले  अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

सभापति देउवाले खेलाडीहरू देशका गहना भएको भन्दै नेपाललाई विश्वलाई चिनाउने कडीको रुपमा खेलकुद क्षेत्रलाई लिनुपर्नेमा जोड दिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि