९ माघ २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

दीपिका पादुकोणले जन्माइन् छोरी

२३ भदौ, काठमाडौँ । बलिउड अभिनेत्री दीपिका पादुकोणले छोरीलाई जन्म दिएकी छन् । दीपिकाले एचएन रिलायन्स अस्पताल मुम्बइमा छोरीलाई जन्म दिएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

गएको फेब्रुअरीमा दीपिका र रणवीर सिंहले आफूहरु बाबुआमा बन्न लागेको बताएका थिए । साथै उनीहरुले बच्चाका लुगा, जुत्ता र बेलुनहरुको फोटो भएको संयुक्त पोस्ट सार्वजनिक गर्दै ‘सेप्टेम्बर २०२४’ भनेर बच्चा जन्मने महिना पनि उल्लेख गरेका थिए ।

दीपिका र रणवीर सन् २०१३ मा ‘गोलियोंकी रसलीला: रामलीला’ फिल्मको सेटबाट नजिकिएका थिए । उनीहरुले सन् २०१८ मा विवाह गरेका थिए । दीपिका अबको केही महिना बच्चालाई समय दिएर काममा फर्कने योजनामा रहेको बताइएको छ । आउँदो वर्षको मार्चबाट उनी ‘कल्की’ दोस्रो भागको सुटिङका सरिक हुनेछिन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि