९ माघ २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

बम विस्फोटबाट घाइते भएकाहरुको उपचार सरकारले गर्ने

२३ भदौ, काठमाडौं । पाँचथरको  फालेलुङ गाउँपालिका ५ डाँडागाँउमा भएको बम विस्फोटमा परी घाइते भएका पवन र दिप्सन राईको उपचारको जिम्मा नेपाल सरकारले लिने भएको छ  ।

स्वास्थ्यमन्त्री प्रदिप पौडेलले कीर्तिपुर अस्पतालको बर्न शाखामा उपचाररत पवन र दिप्सनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुगेका थिए । उनले उपचारको सम्पूर्ण जिम्मा सरकारले लिने प्रतिबद्धता व्यक्त गरेका छन्  ।

घटनामा  घाइते भएका चार जना बालबालिका मध्ये ११ वर्षीय दिप्सन साँवा र अढाई वर्षीया प्रिन्सा साँवाको मृत्यु भइसकेको छ ।  उनीहरु दाजु बहिनी हुन् । पवन र दिप्सन राईको भने कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ।

फालेलुङ गाउँपालिकाको डाडागाउँमा आइतराज केरुङको घरमा ०८१ भदौ १३ गते विष्फोटक पदार्थ (द्वन्द्वकालको ह्यान्डमेड सकेट बम)विष्फोट हुँदा उक्त घटना भएको हो । पाँचथरमा यसअघि पनि पटक पटक बम विस्फोट हुँदा यस्ता खाले घटना भएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि