९ माघ २०८२, शुक्रबार
समाचार समाज

बाँकेमा झाडाबान्ताका कारण एक जनाको मृत्यु

२३ भाद्र, बाँके । जानकी गाउँपालिकामा झाडाबान्ताका कारण एक जनाको मृत्यु भएको छ ।

जानकी गाउँपालिका-५ बेलहरीका ३४ वर्षीय होली तेलीको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिए । “परीक्षणमा हैजाको जीवाणु देखिएको छैन, खानेपानी प्रशस्त नखाएको र समयमा उपचार नभएकाले मृत्यु भएको हुनसक्छ”, उनले भने । सो पालिकामा तीन जनामा झाडाबान्ताका बिरामी भेटिएका छन् । तीमध्ये एक जनाको भेरी अस्पताल र अर्का एक जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

एक जना भने उपचारपछि घर फर्केका छन् । यसअघि जिल्लाको नरैनापुरमा विभिन्न समयमा झाडा बान्ता र अन्य स्वास्थ्य समस्याका कारण पाँच जनाको मृत्यु भएको अधिकारी श्रेष्ठले बताए।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि