९ माघ २०८२, शुक्रबार
समाचार समाज

दुई क्विन्टल गाँजा सहित तीन जना पक्राउ

२२ भाद्र, काठमाडौँ । सिराहा जिल्लाको कर्जन्हा नगरपालिका वडा नं.१० स्कुल टोलबाट एक क्विन्टल बढी गाँजासहित तीन जना पक्राऊ परेका छन ।

गोप्य सूचना आधारमा उक्त ठाउँमा पुगेको प्रहरी टोलीले कर्जन्हाका ४५ वर्षिय बिहारी मुखियाको गाई गोठमा लुकाई छिपाई राखेको प्लास्टिकको १४ वटा पोकामा  २१७ किलोग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

उक्त ठाउँबाट गाँजा सहित भारतीय नागरिक २० वर्षीय किसुन मुखिया, मकवानपुर मनहरी गाउँपालिका वडा नं. ९ का ६२ वर्षीय खडक बहादुर तामाङ र सिरहा कर्जन्हा . १० का ४० वर्षीय चानो देवी मुखियालाई नियन्त्रणमा प्रहरीले लिएको हो ।

बरामद गाँजा र पक्राऊ परेका सबैमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि