९ माघ २०८२, शुक्रबार
समाचार समाज

दश जोडीको दाइजोमुक्त सामूहिक विवाह

२२ भाद्र, धनुषाधाम । धनुषाको मिथिला नगरपालिका-२ बेलाचापीस्थित सतलोक आश्रममा दश जोडीले सामूहिक विवाह गरेका छन् । सन्त रामपालाको ७४औँ अवतरण दिवसका अवसरमा आज आयोजित समारोहमा दाइजोमुक्त अन्तर जाति विवाह गरिएको अनुयायी रोशन दासले जानकारी दिए ।

सन्त रामपालाको सान्निध्यमा सन्त गरिब दासद्वारा रचित अमर ग्रन्थ पाठ तथा गुरु वाणीसहित १७ मिनेटमा दश नवजोडीको सामूहिक विवाह गरिएको दासले बताए। यहाँ शुक्रबारदेखि तीन दिवसीय महायज्ञ, अखण्ड पाठ तथा भण्डारा कार्यक्रम भइरहेको छ । तीन दिवसीय कार्यक्रम अन्तर्गत दोस्रो दिन दश जनाले विवाह र एक सय ७० जनाले रक्तदान गरेका र तेस्रो दिन आइतबार विभिन्न कार्यक्रम गरी कार्यक्रम सम्पन्न हुने जनाइएको छ । रासस

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि